सबैलाई पठाउनु होला

काठमाडौं –   काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा६१प ८९८८ नम्बरको स्कुटर आइतबार राति पौने १२ बजे दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा वीर अस्पतालमा आज बिहानपख पौने २ बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले  जानकारी दिएको  छ ।

नयाँबानेश्वरबाट माइतीघरतर्फ गइरहेको बेला स्कुटर अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com