काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगले केहि दिनयता स्थापितले दिएको अभिव्यक्तिलाई लिएर चित्तबुझ्दो जवाफसहित स्पष्टिकरण सोधेको हो ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिकरुपमा दिएको अभिव्यक्तिका विषयमा जवाफ माग गरिएको बताएको छन् ।
‘हामीले काठमाडौं महागरका मेयरका उम्मेदवार स्थापितलाई उहाँको अभिव्यक्तिका विषयमा जवाफ माग गरेका छौं ‘, उनले भने ।
स्थापितलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन भनिएको छ। मेयरका उम्मेदवार स्थापितले एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यस्तै, काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए।

