सबैलाई पठाउनु होला

काठमाडौं –  काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

आयोगले केहि दिनयता स्थापितले दिएको अभिव्यक्तिलाई लिएर चित्तबुझ्दो जवाफसहित स्पष्टिकरण सोधेको हो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिकरुपमा दिएको अभिव्यक्तिका विषयमा जवाफ माग गरिएको बताएको छन् ।

‘हामीले काठमाडौं महागरका मेयरका उम्मेदवार स्थापितलाई उहाँको अभिव्यक्तिका विषयमा जवाफ माग गरेका छौं  ‘, उनले भने ।

स्थापितलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन भनिएको छ। मेयरका उम्मेदवार स्थापितले एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

यस्तै, काठमाडौं महानगरका मेयरका उम्मेदवार  बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com