सबैलाई पठाउनु होला

काठमाडौं –  प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको  हो  ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ ।

१८ वैशाखमा बसेको मन्त्रिपरिषदले पहिलो र दोस्रो वरियतामा रहेका एआईजी छाडेर तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।

सरकारको उक्त निर्णयले आफूलाई अन्याय भएको भन्दै पोखरेलले १९ वैशाखमा सर्वोच्चमा रिट दिए  ।

उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको दावी गर्दै सिंहको बढुवा खारेजीको माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com