काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ ।
१८ वैशाखमा बसेको मन्त्रिपरिषदले पहिलो र दोस्रो वरियतामा रहेका एआईजी छाडेर तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।
सरकारको उक्त निर्णयले आफूलाई अन्याय भएको भन्दै पोखरेलले १९ वैशाखमा सर्वोच्चमा रिट दिए ।
उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको दावी गर्दै सिंहको बढुवा खारेजीको माग गरे ।

