चितवन – नेपाली कांग्रेसले पार्टीको नीति विपरित निर्वाचन गतिविधिमा संलग्न रहेको भन्दै चितवनका पाँचजनालाई निलम्बन गरे ।
पार्टीको निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेको भन्दै पूर्वसांसद भिमबहादुर श्रेष्ठलगायत ५ जनालाई निलम्बन गरेको हो ।
निलम्बन हुनेमा नेपाल तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्याल , पूर्वसचिव आनन्द राउत , पार्टीका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र डाक्टर केशब पौडेललाई पार्टीको केन्द्रीय कार्यालयले निलम्बन गरे ।
विधान विपरित कारबाही गरेको पत्र जिल्ला समिति कार्यालयमा आएको जिल्ला सभापति राजेश्वर खनालले बताएको छ ।

