सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनका लागि सिन्धुपाल्चोक पुगी मतदान गरेका छन् ।
सभामुख सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ को कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदानकेन्द्रबाट मतदान गरेका हुन् ।

