स्याङ्गजा – आज बिहान स्याङ्जा जिल्लाको वालिङको अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ।
बिहान १०:३० बजे वालिङ–१४ को सिख्रेबाट तिवारीपसलतर्फ जाँदै गरेको जीप पञ्चमूलको अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन्।
मृतकहरू नौ वर्षदेखि ८६ वर्षसम्मका छन्।
दुर्घटनामा परेर ११ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ।
अहिले तिवारीपसलस्थित केन्द्रमा मतदान भइरहेको छ।

