सन्धिखर्क – नेकपा एमालेले अर्घाखाँचीमा चुनावको मुखैमा मतदातालाई प्रभावित पार्न धमाधम पैसा बाड्ने र निर्माणका सामाग्री वितरण गर्ने काम गरेको खुलासा भएको छ। भूमिकास्थान नगरपालिका वार्ड २ ढाकावाङ र ३ धारापानीको पिपलनेटामा एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले पठाएको अबैध ह्युमपाइप प्रहरीले बरामद गरेको थियो। तर, त्यसको अर्को दिन पोखराथोकमा पनि बाँड्न लागेको रकम बरामद भएको हो।
पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकको साविक ४ सालघारीमा पनि नेकपा एमालेका उम्मेदवारले मतदातालाई प्रभावित पार्न रकम बाँडेका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवार माधव गौतमले मतदातालाई बाडेको २० हजार र ५० हजार रुपैयाँको चेक स्थानीयले बरामद गरेका थिए ।

यस्तै भूमिकास्थानमा शुक्रवार रातीको समयमा बिना श्रोत ल्याइएको ह्युमपाइप स्थानियहरुले सोधपुछ र बरामद गरी ढाकावाङ प्रहरीमा बुझाएका हुन् । पिपलनेटामा ३ वटा र चौतारामा ३ वटा अनलोड गरिएको ह्युमपाइप सहित पाइप ल्याएको सवारी सहित ३ जनालाई स्थानियहरुले प्रहरी चौकीमा बुझाएका छन्।
एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले उक्त ह्युमपाइप पठाएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।

