दाङ, ३१ वैशाख – स्तानीय निर्वाचनका सँघारमा दाङमा नेकपा एमालेले पैसा वितरण गरेकाे छ। जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नं. १ काे सिमलतारामा पैसा वितरण गरिएकाे हाे। प्रधानमन्त्री राेजगार कार्यक्रमकाे नाममा पैसा वितरण गरिएकाे हाे। पहिले काम गरेर पैसा नपाएका ( काम ठगेका भनेर पैसा नदिएका) लाई आज पैसा वितरण गरिएकाे हाे।
पहिले काममा ठगेकाे भनेर पैसा नदिएकाे र प्रधानमन्त्री राेजगार कार्यक्रममा सहभागी भएर पैसा नपाएकाहरूकाे बैंक खातामा पैसा पठाइएको र पुन: अरू पनि पैसा आएकाे छ भनेर पैसा वितरण गरिएकाे स्राेतले बताएकाे छ। पहिला सिमलतारा विद्यालयकाे प्राङ्गणमा पैसा वितरणकाे व्यवस्थापन गर्न थालिएपछि प्रहरीले राेकेकाे थियाे। पछि बहालवाला वडा सदस्य टाेपा कुमारी पाैडेलकाे राेहबरमा पैसा वितरण गरिएकाे हाे।
नगद पैसा लगेर नेकपा एमालेका तर्फबाट वडा नं. १ मा अध्यक्षकाे उम्मेदवार बनेका राममणि पाण्डेले उपलब्ध गराएकाे स्राेतले जनाएकाे छ। बहालवाला वडा सदस्य टाेपा कुमारी पाैडेलकाे राेहबरमा पैसा वितरण गरिएकाे हाे। निर्वाचन आचार संहिताकाे उल्लङ्घन गरेर आचार संहिता विपरीत पैसा वितरण गरिएकाे छ। माैन अवधिमा कुनै पनि शीर्षकमा पैसा वितरण गर्न नमिल्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन्।
`माैन अवधिमा पैसा वितरण गर्नु आचार संहिताकाे उल्लङ्घन गर्नु हाे। यसबारे हामी थप कुरा बुझ्ने छाैँ।´ `माैन अवधिमा पैसा वितरण गरिनु सरासर आचार संहिता विपरीत छ। जुनकुनै शीर्षकमा पैसा वितरण गरिनु आपत्तिजनक छ । आचार संहिताकाे उल्लङ्घन गर्न कसैलाई छुट छैन।´ नेपाली काङ्ग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताए।

