काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ को अध्यक्षमा प्रेम लामा निर्वाचित भएका छन् । उनी ५५६ मत पाउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र रुपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए । प्रेमको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य निर्वाचित भएका छन् ।

