भैरहवा – भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका लागि चिरिच्याट्ट बनाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान उक्त विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालको हवाइ इतिहासमा ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा यस क्षेत्रमा खुसीयाली छाएको छ ।
तराईको झापादेखि दार्चुलासम्मको लाइफलाइन मानिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सबै तयारी पूरा भएको छ ।
आठ सय बिगाहा क्षेत्रफलमा रहेको विमानस्थलमा थाइल्याण्डको एरो थाई कम्पनीको विमानले फागुन ६ देखि १० दिनसम्म यान्त्रिक परीक्षण (क्यालिब्रेशन फलाईट) गरिसकेको हो ।
वैशाख १५ गते नेपाल वायुसेवा निगम को ए–३३० वाइडबडी जहाज यहाँ अवतरण गरेको थियो ।
वाइडबडी विमानले भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेमोन्स्ट्रेसन उडान गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले ०७१ माघ १ गते विमानस्थलको शिलन्यास गरे ।

