सबैलाई पठाउनु होला

गोरखा – पालुङ्टार नगरपालिका वडा नं. २ मा माओवादी केन्द्रको प्यानलले नै जित हाँसिल गरेको छ ।

वडा अध्यक्षमा माओवादी केन्द्रका कृष्ण बहादुर थापा मगर १९९ मतान्तरले बिजयी भएका छन् भने, महिला वडा सदस्यमा मोनिका लिम्बु अधिकारी, महिला दलित वडा सदस्यमा मिना नेपाली, खुल्ला वडा सदस्य गोविन्द वस्ती र गंगा बहादुर बलकोटीले जित हाँसिल गरेका छन् ।

पालुङटार नगरपालिकाको प्रमुख पदको हाल सम्मको चुनाबी परिणाम यस प्रकार छन्।-

नेकपा माओवादि केन्द्रको हालसम्मको मत प्ररिणाम १५२२ रहेको छ, भने निकटतम प्रतिद्वन्दी जनता समाजबादीले १३२२ मत रहेको छ । त्यस्तै नेपाली कांग्रेसको १२४१ मत रहेको छ, भने हाल सम्मको मत परिणाम अनुसार एमालेले २४२ मत ल्याई चौथो नम्बरमा रहेको छ ।

यसैगरी पालुङ्टारको वडा नम्बर १, २ र १० को मत गणना सकिएको छ । पालुङ्टार वडा नम्बर १ मा कृष्ण बहादुर परियारले जसपाबाट वडाअध्यक्ष पद हात पारेका छन् भने, बाँकी दुई वटा वडामा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com