सबैलाई पठाउनु होला

काठमान्डौ, २ जेठ – आज २५६६औ बुद्ध पुर्णिमाको दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष कम्रेड प्रचण्डद्वारा शुभकामना संदेश प्रेषित गर्नु भएको छ ।

सन्देशमा अध्यक्ष प्रचण्डले भन्नु भएको छ, ‘गौतम बुद्धको २५६६ औं जन्म जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली समाज विविधताले भरिपूर्ण एकतावद्ध र सहिष्णु समाज हो । समाजको विकास पनि एकआपसका सामुदायिक भावनाहरुको सम्मानले नै हुनेगर्छ । सामाजिक ऐक्यवद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामुहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिल्दछ ।’

शुभकामना सन्देशमा प्रचण्डले भन्नु भएको छ, ‘नेपालको भूमिमा जन्मेर शान्तिका दुत गौतम बुद्धले प्राप्त गर्नुभएका ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी छन् । बुद्धका विचारले विश्व शान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै महत्व राख्दछन् ।’

उक्त सन्देशमा अध्यक्ष प्रचण्डले थप्नु भएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनको क्रममा अहिले हामी स्थानीय तह सदस्य निर्वाचनको मतगणनाको चरणमा छौं । छिटपुटका घटना बाहेक निर्वाचनमा देशभरबाट भएको जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको छ । प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनताको बलमा गठन भएको वर्तमान ५ दलीय गठबन्धन सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको छ । यस अवसरमा निर्वाचन प्रक्रियामा अहोरात्र खटिरहनुभएका निर्वाचन आयोगका कर्मचारीहरु, निर्वाचन पर्यवेक्षक, आम जनसमुदाय, नागरिक समाज, पत्रकार र सबै सुरक्षाकर्मीमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै सोही सन्देशमा वहाले किराँत समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

प्रचण्डद्वारा प्रेषित शुभकामना सन्देश:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com