गोरखा, २ जेठ – गोरखा जिल्लाको बारपाक सुलिकोटको नतिजा आउन बाँकी रहेकै अबस्थामा नै नेपाली कांग्रेस बारपाक सुलिकोटका अध्यक्षका उम्मेदवार जित घलेले बिजयको सम्मुख रहेका नेकपा माओवादी केन्द्र तर्फबाट अध्यक्ष पदका उम्मेदवार बिष्णु भट्टलाई बिजयको अग्रिम शुभकामना ब्यक्त गर्नु भएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको मतगणना पुरा हुन बाँकी रहेकै अबस्थामा उम्मेदवार घलेले उम्मेदवार भट्टलाई अग्रिम शुभकामना दिएका हुन् । घलेले ४०० मत गन्न बाँकी हुँदाको बखत मै माओवादी केन्द्रका बिष्णु भट्टलाई शुभकामना दिएर संगै बसेर तस्विर समेत खिचाएका छन् ।
उम्मेदवार जित घलेले आफ्ना प्रतिद्वन्दीले जित्ने सुनिश्चित भएपछी शुभकामना दिएर सच्चा लोकतन्त्रवादीको कुशल चरित्र प्रदर्शन गरेका छन् । जननेता विश्वेश्वरप्रसाद कोइरालाले २०३६ सालको जनमतसंग्रहमा पंचायतले जितेर बहुदलीय लोकतन्त्रवादीले हारेको समयमा जनतालाई हामीले अझै बुझाउन सकिएको रहेनछ, भनि जनमतसंग्रहको नतिजालाई स्वीकार गरेका थिए ।
त्यसै गरि आजको दिनमा नेपाली कांग्रेसका उम्मेदवार जित घलेले पनि हाँसीहाँसी बिष्णु भट्टलाई सौहार्दपूर्ण शिष्ट ढंगले शुभकामना दिएका छन् । जनताको जनादेशलाई सर्बोपरी ठान्ने सच्चा लोकतन्त्रवादी हरुले आफ्नो हारलाई पनि हाँसीखुसि स्वीकार गर्छन् । जसले लोकतन्त्रप्रति बिश्वास गर्दैनन्, उनीहरुले आफुले जितेमा निष्पक्ष ढंगले चुनाब भयो भन्छन् भने आफुले हारेमा धाँधली भयो भनेर रडाको मच्चाउँछन् ।
आजको दिनसम्म देशभर एमालेले अपेक्षाकृत विजय हाँसिल गर्न नसकेको कारण धाँधली भयो भनेर चर्को नारा समेत लगाउन थालिसकेको तथ्यहरु बाहिर आउन थालेका छन् । जसले लोकतन्त्रमा बिस्वास गर्दैनन्, त्यस्ता व्यक्ति तथा पार्टीले आफ्नो पराजयमा अरुमाथि दोष थोपर्छन् र धाँधली भयो भन्दछन् ।

