सबैलाई पठाउनु होला

गुनासो चौतारी चैत २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिनभित्रै नयाँ सरकार गठन गरेपछि सबै कालो बादल हट्ने बताएका छन्। शनिबार राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय परिषदमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले भने, ‘अब केहिदिन भित्रै नयाँ सरकार गठन हुन्छ। मलाई विश्वास छ। नयाँ सरकार गठन भएपछि छिट्टै सबै कालो बादल हट्छ।’ त्यस्तै उनले संविधानलाई पूर्ण रुपमा कार्यन्वयन गर्न र बनेका ऐनहरूले काम गराउन पनि नयाँ सरकारको आवश्यक परेको बताए।

प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको दावी गरे। उनले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको बताए।
उनले संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको बताए। प्रचण्डले फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प नभएको उल्लेख गरे। अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com