सबैलाई पठाउनु होला

गौशाला –     गौशाला नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार डा. दिपेन्द्र महतोले १ हजार बढी मतान्तरले अगाडि रहेका  छन्।

मंगलबार बिहान ११ बजेको मतपरिमाण अनुसार डा. महतोले २६९० मत प्राप्त गरेका हुन । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्त गुरुङले १६६६ मत प्राप्त गरे ।

नेकपा माओवादीका विष्णु लामाले ११८४ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार देवनारायण महतोले १०४४ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अजयकुमार कुशवाहाले ६७२ मत प्राप्त गरे  । यता, गौशाला नगरपालिकाको उपमेयरतर्फ जनता समाजवादी पार्टीकी उम्मेदवार रेणुकुमारी महतोले एक हजार बढि मतले अग्रता कायम राखेकी छिन् ।

उपमेयर महतोले २९०० मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी सुशिला कुशवाहाले १५९२ मत हाँसिल गरेकी छिन्।  त्यस्तै, नेकपा माओवादीकी जनकदुलारी साहले ११८७ मत प्राप्त गरेकी छिन् ।

लोकतान्त्रिक समाजवादी पार्टीकी लालकुमारी लामाले ११२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जानकारी दिएको  छ ।

९ हजार २८ मत गणना गर्ने क्रममा ७८० मत वदर भएका थिए भने ८२४८ मत सदर भएको निर्वाचन अधिकृत मदनलाल जयसवालले बताएका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com