सबैलाई पठाउनु होला

नेकपा एमाले –   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले  झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ ।

एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित जस्तै भाएको छ । यता ओलीसँग जोडिएका ठाउँहरुका लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडिरहेको छ ।

जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ ।  ओलीको घर रहेको  सूर्यविनायक नगरपालिका– २ बालकोटमा काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको छ ।

काँग्रेसका कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरेको छ । यो वडामा अघिल्लो निर्वाचनमा पनि नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो ।

ओलीको गृहनगरमा एमाले यसपटक पनि काँग्रेसलाई रोक्न सकेन । सूर्यविनायकमा पनि काँग्रेस जित नजिक रहेको छ ।  काँग्रेस निशान ढुङ्गेल ६ हजार १७७ मतसहित अग्रता लिइरहेका छन् । एमालेका बासुदेव थापा ५ हजार ६०२ का साथ पछ्याइरहेका छन् ।

ओलीलाई आफ्ना निर्वाचन क्षेत्र समेत रहेको गृहनगर झापाको दमक नगरपालिकामा पनि गठबन्धन भारी बनेको छ । पाँचदीय गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी थपिएर दमकमा ओलीमाथि दबाब बढाएको अवस्था रहेको छ ।

महागठबन्धनबाट राप्रपाका राम थापाले ७ हजार २०१ मतका साथ अग्रता बनाएका छन् । एमाले उम्मेदवार गीता अधिकारीले ६ हजार ३२४ मतका पाएकी छिन् । ओलीको गृहनगर दमकमा एमाले करिब हजार मतान्तरले पछाडि परेको छ ।

यता जन्मघर रहेको तेह्रथुमको आठराई गाउँपालिकाको नजिता पनि ओलीका लागि प्रतिकुल आएको छ । आठराईमा अध्यक्षमा काँग्रेसका दिलकुमार पाहीम निर्वाचित भएका हुन  ।

पाहीमले ४ हजार ६९२ मत ल्याएर  एमालेका रामचन्द्र थपलियालाई पराजित गरेका हुन् । थपलियाले ४ हजार ८ मत मात्रै ल्याएका थिए । काँग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनले ६८४ मतान्तरसहित आठराईको  ‘लाल किल्ला’ भत्काएको छ ।

आठराइको उपाध्यक्षमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बली राज ईङनाम निर्वाचित भएका छन् । ईङनामले ४ हजार ८० मत ल्याउँदा एमालेकी रुपादेवी कन्दङवाले ४ हजार ७० मत ल्याइन् ।

ओलीको जन्मघरको पालिकामा १० मतले भएपनि माओवादीले उपाध्यक्ष हात पारेको छ । ओलीको जन्मघरको गाउँपालिका मात्र होइन वडामा पनि माओवादी–समाजवादीको सहयोगमा काँग्रेसले विजयको झण्डा गाडेको हो  ।

आठराई गाउँपालिका–४ इवामा काँग्रेसका खगेन्द्र गुरुङ    ६९३ मतसहित विजयी भएका छन् । एमालेका नरेन्द्र कुमार ईङनामले ५६३ मत मात्र पाएको छ  । गठबन्धनको सहयोगमा काँग्रेसले ओलीको जन्मघरको वडामा १३० मतान्तरका साथ जित हात हासिल गरे ।

ओलीले आफ्नो जन्म गाउँ भनेर प्रचार गरेको ठाउँमा जित हात पार्नुलाई गठबन्धनले प्रतिष्ठाका रुपमा लिइएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री ओलीले ०७६ फागुनमा ११ मा इवा पुगेर आफ्नो ६९ औं जन्म दिवस मनाउथिए ।

आफ्नो जन्म उत्सवमा ओलीले इवाका नागरिकलाई सारी, पछ्यौरी, भादगाउँले टोपी, ज्याकेट र डायरी बाँडेका थिए । ओलीले नेपालको नक्सासहितको केक काटेर जन्मदिवस बनाएको भन्दै आलोचनाको विषय समेत बनेको थियो  ।

तामझामका साथ जन्मघरमा जन्म दिवस बनाएर  फर्किएका ओलीलाई दुई वर्षपछि इवाबाट सुखद नतिजा आएन । विगतमा एमालेले जित्दै आएको ठाउँमा काँग्रेस र कम्युनिष्ट शक्ति मिल्दा भत्किन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com