सबैलाई पठाउनु होला

 


काठ्माण्डौं, ४ जेठ – जम्मा मतगणना गरिएको २९३ प्रमुख मध्ये २५४ प्रमुखको अन्तिम नतिजा सार्वजिक भएको छ। निर्वाचन आयोगले आफ्नो वेभसाइटमा जनाएअनुसार हालसम्मको मतगणनाको परिणाम अनुसार प्रमुख दल नेपाली काँग्रेसले ४९ प्रमुखमा जीत हासिल गरेका छन् भने ६२ प्रमुखमा अग्रस्थानमा रहेका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २५ प्रमुखमा जीत हासिल गरेका छन् भने ५२ प्रमुखमा अग्रस्थानमा रहेका छन्। त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ९ प्रमुखमा जीत हासिल गरेका छन् भने १४ प्रमुखमा अग्रस्थानमा रहेका छन्। त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)ले १ प्रमुखमा जीत हासिल गरेको छ भने ९ प्रमुखमा अग्रस्थानमा रहेका छन्। यस्तै अन्य ४ ले प्रमुखमा जीत हासिल गरेका छन् भने २९ प्रमुखमा अग्रस्थानमा रहेका छन्।

हालसम्म गणना गरिएको प्राप्त परिणाम अनुसार ४६० वटा अध्यक्ष पद मध्ये ४३५ जनाले अध्यक्षमा जीत हात पारिसकेका छन्। निर्वाचन कार्यालयले जनाएअनुसार नेपाली काँग्रेसले १३४ अध्यक्ष पद हासिल गरिसकेका छन् भने ४८ अध्यक्षमा अग्रस्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ८६ अध्यक्ष पद हासिल गरेका छन् भने ३५ अध्यक्षमा अग्रस्थानमा रहेका छन्। यसैगरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ६८ अध्यक्षमा जीत हासिल गरेका छन् भने १९ अध्यक्षमा अग्रस्थानमा रहेका छन्। यसैगरि जनता समाजवादी पार्टी, नेपालले ५ अध्यक्षमा जीत हासिल गरेका छन् भने १५ अध्यक्षमा अग्रस्थानमा रहेका छन्। त्यस्तै अन्य दल तथा स्वतन्त्रले ११ अध्यक्षमा जीत हासिल गरेका छन् भने १४ अध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्।

निर्वाचन कार्यालयले जनाएअनुसार उपप्रमुख पदको २९३ वटाको मतपरिणाम मध्ये २५३ वटा उपप्रमुखको बिजय घोषणा भैसकेको छ। प्राप्त सूचना अनुसार नेपाली काँग्रेसको तर्फबाट ४२ जनाले उपप्रमुख पद हासिल गरेका छन् भने ५० उपप्रमुखमा अग्रस्थानमा रहेका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २८ उपप्रमुख हात पारेका छन् भने ७१ उपप्रमुखमा अग्रस्थानमा रहेका छन्। यसैगरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १३ उपप्रमुख पद हासिल गरेका छन् भने १६ उपप्रमुखमा अग्रस्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)ले ३ वटा उपप्रमुखमा जीत हासिल गरेका छन् भने ७ उपप्रमुखमा अग्रस्थानमा रहेका छन्। यसैगरि अन्यले २ उपप्रमुख हात पारेका छन् भने २१ उपप्रमुखमा अग्रस्थानमा रहेका छन्।

पछिल्लो मतगणना अनुसार ४६० उपाध्यक्ष पदको मतगणना भैरहेकोमा ४३५ जनाले जीत हाँसिल गरिसकेका छन्। प्राप्त सूचना अनुसार नेपाली काँग्रेसले १३२ वटा उपाध्यक्ष पद हात पारेका छन् भने ५२ उपाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ८४ उपाध्यक्ष पद हात पारेका छन् भने ३९ उपाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्। त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ७१ उपाध्यक्ष पद हाँसिल गरेका छन् भने १६ उपाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)ले ९ उपाध्यक्ष पद हाँसिल गरेका छन् भने १ उपाध्य पदमा अग्रस्थानमा रहेको छ। यसैगरि अन्यले ९ उपाध्यक्ष पद हाँसिल गरेका छन् भने २२ उपाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्।


प्राप्त मतगणना अनुसार ६७४३ वडा अध्यक्ष पद मध्ये ४९५२ वडाध्यक्षको पदमा निर्वाचन कार्यालयले बिजयी घोषणा गरिसकेको छ। निर्वाचन कार्यालयको सूचना अनुसार नेपाली काँग्रेसले १८७४ वडाध्यक्ष पदमा जीत हाँसिल गरेका छन् भने १०५ वडाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्। त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १४६४ वडाध्यक्ष पदमा जीत हाँसिल गरेका छन् भने ११३ वडाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ७९१ वडाध्यक्ष पदमा जीत हाँसिल गरेका छन् भने ३४ वडाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्। यसैगरि जनता समाजवादी पार्टी, नेपालले १४१ वडाध्यक्ष पदमा जीत हाँसिल गरेका छन् भने १५ वडाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्। त्यस्तै अन्यले ३९३ वडाध्यक्ष पद हात पारेका छन् भने २२ वडाध्यक्ष पदमा अग्रस्थानमा रहेका छन्।

निर्वाचन मतपरिणामको पछिल्लो विवरण अनुसार मत गणना जारी रहेको कुल ६७४३ महिला सदस्य मध्ये ४९४९ जनाले महिला सदस्यमा निर्वाचित भैसकेका छन्। यसै शिल्शिलामा नेपाली काँग्रेसले १८४९ महिला सदस्यमा जीत हाँसिल गरेका छन् भने १०३ जनाले अग्रस्थानमा रहेका छन्। त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १५६९ महिला सदस्यमा जीत हाँसिल गरेका छन् भने १२३ जना अग्रस्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ७३७ महिला सदस्यमा जीत हाँसिल गरेका छन् भने ३६ जना अग्रस्थानमा रहेका छन्। यसैगरि जनता समाजवादी पार्टी, नेपालले १४५ महिला सदस्यमा जीत हाँसिल गरेका छन् भने १८ जना अग्रस्थानमा रहेका छन्। त्यस्तै अन्यले ३५२ महिला सदस्यमा जीत हाँसिल गरेका छन् भने १७ जना अग्रस्थानमा रहेका छन्।

निर्वाचन कार्यालयको पछिल्लो विवरण अनुसार ६७४३ दलित महिला सदस्यको जारी मतगणना मध्ये ४८६३ जनाले दलित महिला सदस्यमा निर्वाचित भएका छन् । पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले १७८३ दलित महिला सदस्यमा जीत हाँसिल गरेका छन् भने १०५ जना अग्रस्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १५४९ दलित महिला सदस्य हात पारेका छन् भने १२० जना अग्रस्थानमा रहेका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ७५० दलित महिला सदस्यमा जित हाँसिल गरेका छन् भने ३५ जना अग्रस्थानमा रहेका छन्। त्यसैगरि जनता समाजवादी पार्टी, नेपालले १४३ दलित महिला सदस्यमा जीत हाँसिल गरेका छन् भने १९ जना अग्रस्थानमा रहेका छन्। त्यसैगरि अन्यले ३३९ महिला सदस्यमा जीत हाँसिल गरेका छन् भने २० जना अग्रस्थानमा रहेका छन्।

यसैगरि निर्वाचन कार्यालयले १३४८६ सदस्यहरु मध्ये ९५६९ जनाले जीत हाँसिल गरेको विवरण सार्वजनिक गरिसकेको छ। तीं मध्ये नेपाली काँग्रेसले ३७०२ सदस्यहरुको जीत हाँसिल गरेका छन् भने १०९ जना अग्रस्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३१८१ सदस्यको पद हाँसिल गरेका छन् भने १२६ जना अग्रस्थानमा रहेका छन्। त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १३७० जना सदस्यको पदमा जीत हाँसिल गरेका छन् भने ३३ जना अग्रस्थानमा रहेका छन्। यस्तै जनता समाजवादी पार्टी, नेपालले २८४ जना सदस्य पदमा जीत हाँसिल गरेका छन् भने १८ जना अग्रस्थानमा रहेका छन्। त्यस्तै अन्यले ७२९ सदस्यमा जीत हाँसिल गरेका छन् भने १७ जना अग्रस्थानमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com