काठमाडौं – झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको हो ।
गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् ।
अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस-एमाले मिलेर राप्रपालाई पराजित गरे ।
अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी राप्रपाका ६६६७ मत पाएको छ । तेस्रो भएको माओवादीले जम्मा ६६४ मत पाएको हो ।
यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी भएका हुन । उनले ८११३ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी राप्रपाकी ६८०२ मत पाइन् ।
तेस्रो भएको माओवादीकी भागीरथा अधिकारीले १२५७ मत ल्याएकी हुन ।

