सबैलाई पठाउनु होला

धनगढी –    धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् ।

मत गणनाको सुरुवातदेखि अग्रता लिएका हमालले मतान्तर बढाएर पाँच हजार ६५९ मतले अग्रता लिइरहेका हुन  ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।

उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मतका साथ पछ्याइरहेका छन् ।

नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाए । उपमेयरतर्फ गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले चार हजार ६८८ मत प्राप्त गरेकी छिन् ।

मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी अधिकारीलाई नेकपा एमालेकी कन्दकला रानाले पछ्याइरहेकी छन् । रानाले चार हजार २४७ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com