सबैलाई पठाउनु होला

इटहरी –   सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए ।

अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिता उराँव विजयी भएका छन् ।

अजमलले ४ हजार ६०६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार २७१ मत प्राप्त गरेको छ  ।

यादव निवर्तमान वडाध्यक्ष समेत थियो  । उनी तत्कालीन संघीय समाजवादी फोरमबाट वडाध्यक्षमा विजयी भएका हुन  ।

उनी स्थानीय निर्वाचनको केही समयअघि एमाले प्रवेश गरेका थिए । उपाध्यक्षमा निर्वाचित उराँवले ३ हजार ९७४ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी उम्मेदवार पुनमकुमारी मेहेताले २ हजार ६१८ मत पाएकी छन्   ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com