सङ्खुवासभा – दश स्थानीय तह रहेको संखुवासभामा एक अध्यक्ष र एक मेयर स्थानीय तहको निर्वाचनमा दोहोरिएका छन्। पाँचखपन नगरपालिका मेयर र चिचिला गाउँपालिका अध्यक्ष पुनः दोहोरिए ।
२०७४ को निर्वाचनामा निर्वाचित पाँचखपनका मेयर विपिन राई र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुवु शेर्पा यस पटकको निर्वाचनमा पनि निर्वाचित भएका छन्।
२०७४ को निर्वाचनमा मकालु गाउँपालिका–१ बाट वडा अध्यक्षमा निर्वाचित ओङदी छिरिङ शेर्पा यस पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन ।
धर्मदेवि नगरपालिकाबाट २०७४ को निर्वाचनमा वडा नं. ६ को निर्वाचनमा एमाले निर्वाचित वडा अध्यक्ष उदय चन्द्र पौडेल यस पटक मेयरमा विजयी भए । धर्मदेविकै वडा १ मा जगतबहादुर कार्की, ३ मा श्याम पौडेल र ६ मा लक्ष्मिप्रसाद अधिकारी पुन वडा अध्यक्षमा विजयी भएका छन् ।
त्यसैगरी दोहारीएका वडा अध्यक्षहरुको हारजित भएको छ। खाँदबारी नरपालिका–१ मा निरञ्जन श्रेष्ठ, वडा ८ मा डम्बरबहादुर कटुवाल र वडा ३ का भरतकुमार घिमिरेले दोस्रो कार्यकालको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त गरे ।
घिमिरे उप निर्वाचनमा नेकपा बाट निर्वाचित भएका थिए। चैनपुर नगरपालिका–३ मा बलबहादुर अधिकारी, वडा ४ मा धनबहादुर तामाङ र वडा ५ मा काजी बहादुर लिम्बु पुन निर्वाचित भएका छन् ।
मादी नगरपालिका–६ मा धननारायण तामाङ पुन निर्वाचित भएका छन्। त्यसैगरी पाँचखपन नगरपालिका–१ मा तेकबहादुर बुढाथोकी र वडा नं. ९ मा कुलबहादुर तामाङ दोहोरीएका छन् ।
सिलिचोङ गाउँपालिकामा वडा नम्बर १ बाहेका वडामा सबै वडा अध्यक्ष दोहोरिका छन्। वडा २ मा मोहन संसेर राई, ३ मा प्रताप सिं तामाङ, ४ देवेन्द्र राई र ५ मा इश्वर राई पुन विजयी भएका छन् ।
दोहोरिका एक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष १० जना वडा अध्यक्षले दोस्रो पटक हार व्यहोर्नु परेको छ। सभापोखरी गाउँपलिका अध्यक्ष रत्न सुब्बा, मकालु गाउँपालिका उपाध्यक्ष चमेली राई र मादी नगरपालिका–९ मा वडा अध्यक्ष भएका छिरिङ् शेर्पा यस पटक उपमेयरमा पराजित भएका छन्।
वडा अध्यक्षमा सभापोखरी–५ का यम सुब्बा, ६ का विकास पौडेल र २ का डिकप्रसाद सुवेदीले हार व्यहोर्नु परेको हो। त्यसैगरी खाँदबारी नगरपालिका–६ मा दयानिधी बराल र ११ मा नगेन्द्र गुरुङले वडा अध्यक्षमा हार व्यहोरेका छन् ।
चैनपुरमा नगरपालिका–८ मा भरत खड्का, १० मा तेजबहादुर कटुवाल र ११ मा धर्म चौहान पनि वडा अध्यक्षमा पाराजित भएका छन्। माओवादी बाट एमालेमा प्रवेश गरेका खड्का जिल्ला उपसचिव पनि हुन्।
सङ्खुवासभामा एमाले ४ र कांग्रेस ६ पालिका प्रमुख
स्थानीय तहको निर्वाचनमा सङ्खुवासभाको १० स्थानीय तहमध्ये कांग्रेसले ६ र एमालेले ४ वटा पालिका अध्यक्ष जितेको छ। कांग्रेस र एमाले २०७४ को निर्वाचनमा पाँच/पाच प्रमुख तथा अध्यक्ष जितेको हो ।
एमालेबाट ३४, कांग्रेसबाट ३३, माओवादीबाट ९ र स्वातन्त्रमा १ वडा अध्यक्ष निर्वाचित भए । वडा अध्यक्षहरुमा एमाले पहिलो देखिए । कांग्रेसले खाँदबारी नगरापालिका, धर्मदेवि नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको हो ।
एमालेले मादी नगरपालिका, धर्मदेवि नगरपालिका, चैनपुर नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख तथा अध्यक्ष निर्वाचित भए । त्यसैरी कांग्रेसबाट ३ र एमालेबाट ४ उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका हुन ।
माओवादीले १, नेकपा(एकिकृत समाजवादी)ले २ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ। २०७४ को निर्वाचनमा एमाले ६ वटा र कांग्रेसले ४ वटा उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो।
खाँदबारी नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका छन्। सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर लिम्बु विजयी भएका छन्।
मादी नगरपालिकाको मेयरमा एमालेका जिवन लिंथेप र उपमयेरमा सुनिता देव भट्टराई निर्वाचित भएका छन्। पाँचखपन नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विपीन राई र उपमेयरमा नेकपा (एकिकृत समाजवादी)की सुमुना श्रेष्ठ विजयी भएका छन्।
भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा उपाध्यक्षमा एमालेकै सहना लामाले निर्वाचित भएकी छन्। मकालु गाउँपालिका अध्यक्षमा कांग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र) की मनकला राई विजयी भएका हुन ।
सिलिचोङ गाउँपालिकाको अध्यक्ष पदमा भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका छन् । चिचिला गाउँपालिकाको अध्यक्षमा पासाङ नुर्वू शेर्पा दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनकला राई निर्वाचित भएकीहुन ।
धर्मदेवि नगरपालिकाको मेयरमा एमालेका उदचन्द्र पौडेल र उमेयरमा कांग्रेसकी तारा महते विजयी भएका छन् । चैनपुर नगरपालिमा मेयर र उपमेयर एमाले जितेको हो । मेयरमा कृष्णकुमार तामाङ र उपमेयरमा एमालेकै एलिना श्रेष्ठले विजयी भएकी हुन ।

