सबैलाई पठाउनु होला

गोरखा –    पालुङटार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले विजय हासिल गरेका छन्  ।

माओवादी केन्द्रकातर्फबाट मेयर पदका उम्मेदवार विवश चिन्तन (अजय)ले ६ हजार ७२ मत प्राप्त गरी विजयी भएका हुन्।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी बन्दना पाण्डेले ५ हजार ५७९ मत प्राप्त गरी विजयी भएकी छन्।

मेयरका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार प्रेम गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गरे ।

यसअघिका मेयर एवं नेपाली कांग्रेसका तर्फबाट यसपटक पनि उम्मेदवार बनेका दीपकबाबु कँडेलले ४ हजार ९ सय ९७ मत प्राप्त गरेको हो ।

उपमेयरकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाएकी हुन ।

गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४ हजार २८१ मतका साथ तेस्रो भइन्। पालुङटारमा जनता समाजवादी पार्टी र नेकपा एमालेका बीच चुनावी गठबन्धन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com