सबैलाई पठाउनु होला

धनगढी  –    कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका खड्क रावत विजयी भएका हुन ।

उनले प्रतिद्वन्द्वीभन्दा चार हजार ८८७ बढी मत ल्याएर विजयी भए  ।

रावतले १३ हजार १२८ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४९ मत पाएको थियो  ।

चौधरी निवर्तमान मेयरसमेत रहेका छन्  । यस्तै, उपप्रमुखका नेपाली कांग्रेसकी गुलिया चौधरी प्रतिद्वन्द्वीभन्दा पाँच हजार ३०७ बढी मत पाएर विजयी भएकी छन् ।

उनले १२ हजार २७० मत ल्याएकि थिइन्  । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी करुणा बम वटालाले ६ हजार ९६३ मत पाएकी थिइन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com