चितवन – शुक्रबार बिहानसम्ममा दाहालले २० हजार ५५७ मत कटाएकी छन । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल २० हजार मत कटाएकी हुन ।
भरतपुरमा माओवादी केन्द्रकी रेणुलाई सत्ता गठबन्धनले टिकट दिएपछि स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७ हजार ९०२ मत ल्याए ।
दाहालको निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १७ हजार २७३ मत ल्याएका छन्। ५४ हजार २४४ गणना हुँदा रेणुले ३ हजार २८४ मतको अग्रता कायम गरेकी छन्।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले २३ हजार १९ मत पाउँदा प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत प्राप्त गरेकी छन्।

