सबैलाई पठाउनु होला

कालीकोट, ६ जेठ – कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी हुनुभएको हो ।

गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी हुनुभएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शाहीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बुढाले दुई हजार ७२९ मत ल्याउनुभएको थियो । उपाध्यक्ष बमका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रन रोकायाले एक हजार २३६ मत ल्याउनुभएको थियो ।

यस गाउँपालिकामा माओवादी केन्द्र एक्लै निर्वाचनमा गएको थियो भने कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । नौ वडा रहेको यस गाउँपालिकामा आठ वडामा माओवादी केन्द्र विजयी भएको छ भने एउटामा कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com