सबैलाई पठाउनु होला

काठमाडौं –    काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत २८ हजार नाघेको छ ।

७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत प्राप्त भएको हो  ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १३ हजार ९९० मत प्राप्त भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ को वडाध्यक्षमा एमालेका नवराज पराजुली निर्वाचित भएका हुन  ।

पराजुलीले ५ हजार २२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गरिन् । उक्त वडामा १२ हजार १५ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com