सबैलाई पठाउनु होला

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार आइपुगेका छन् ।

हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक समाचार तयार पार्दा शाह माँ दक्षिणकालीको पूजा अर्चना गर्दैछन् । उनको पूजा अर्चन कार्यक्रम झन्डै ४५ मिनेट चल्ने छ । यसभन्दा अघि पूर्व राजाले त्यहाँ पुगेका नेपालीहरुसँग भेटघाट गरेका थिए|

नेपालबाट आएका पत्रकारहरुसँग बसोबासको व्यवस्थाबारे चासो लिएका थिए ।मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको छ।तत् पश्चात जलपान गरे पश्चात एउटा सार्वजनिक कार्यक्रममा उनको अभिनन्दन गरिने छ।

अखिल भारतीय अखाड़ा परिषदका ज्ञानेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनी आज र भोलि हरिद्वारमै रहने कार्यक्रम छ । आज साँझ उनको दश हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ ।

अध्यक्ष श्री महंत नरेंद्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष श्री महंत रविन्द्र पुरी लगायतका अन्य थुप्रै साधु संतले उनलाई स्वागत गर्दै आशीर्वाद दिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com