सबैलाई पठाउनु होला

काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ ।

गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com