सबैलाई पठाउनु होला

काठमाडौं –     अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो एसिया भ्रमण सुरु गरे  । एसियाली साझेदारसँगको सम्बन्धलाई थप बलियो बनाउन केन्द्रित हुने अपेक्षा गरिएको बाइडेनको भ्रमण दक्षिण कोरियाको सियोलबाट सुरु भएको छ ।

उनी आइतबार टोकियो पुगेका छन् । टोकियो बाहिरको योकोटा एयर बसमा अवतरण भएसँगै उनले जापान भ्रमण सुरु गरेको हो  । क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको समाचारमा जानकारी दिएको  छ ।

बाइडेनले शनिबार दक्षिण कोरियाली राजधानीमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गरे । सियोलमा भएको दुई समकक्षीबीचको वार्ताका क्रममा दुवै मुलुकसँगको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो ।

टोकियो प्रस्थान गर्नुअघि सियोल भ्रमणको अन्तिम दिन बाइडेनले उत्तर कोरियालाई सामान्य सन्देश दिएका थिए  । ‘हेलो…पिरियड’ उनले भने । उत्तर कोरियाका पछिल्ला आणविक परीक्षणलाई लिएर आफूले चासो नदिएको बाइडेनले बताएको रोयटर्सले जानकारी दिएको  छ ।

किमको लागि तपाईंको सन्देश के छ भनेर सोधिएको जिज्ञासामा बाइडेनले केही भन्न नचाहेको विवरणमा उल्लेख गरिएको  छ । एकातिर उत्तर कोरियाको आणविक संकट र अर्कोतिर एसियामा चीनको प्रभुत्व विस्तारबीच राष्ट्रपति बाइडेनले एसियाली भ्रमण थालेका छन्  ।

केही महिनाअघि उपराष्ट्रपति कमला ह्यारिसले सिंगापुर, इन्डोनेसिया र भियतनाम भ्रमण गरेकी थिइन् । विश्लेषकले बाइडेनको एसिया भ्रमण चिनियाँ प्रभावलाई चुनौती दिंदै अमेरिकी प्रभुत्वलाई कायमै राख्न केन्द्रित हुने जनाए  । जापान, दक्षिण कोरिया र अष्ट्रेलिया क्वाड संगठनका सदस्य छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com