काठमाडौं – नबिल बैंकको विशेष साधारणसभाले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००:४३ लाई पनि उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरे ।
यसअनुसार नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन्।
२०७८ चैत्र मसान्तको वित्तीय विवरणअनुसार बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् नबिलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ भने कर्जा ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब पुग्नेछ।
त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ४५ अर्ब पुग्नेछ । प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल २ सय ५४ पुग्नेछ।

