सबैलाई पठाउनु होला

गोरखा, १० जेठ – गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष रमेश थापामगरले आज पदभार ग्रहण गर्दै बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने घोषणा गर्नुभएको हो ।

“ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैकसँग सहकार्य गरेर प्रत्येक टोल र बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ”, अध्यक्ष थापामगरले भन्नुभयो । उहाँले निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको बताउनुभयो ।

“कतिपय अवस्थामा डोकोमा बोकेर सामाजिक सुरक्षा भत्ता लिन परिवारले लैजानुपर्ने बाध्यता छ” उहाँले भन्नुभयो, “जनताका समस्यालाई अब पालिकाले बैंकसँग सहकार्य गरी समाधान गर्छ ।” उहाँले सामाजिक काम गर्न व्यवस्थित हुने गरी पालिकाभित्र रहेका सवै घरको नम्बर ब्यवस्थित गरिने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिई सहिद लखन गाउँपालिकाको अध्यक्षमा रहेर पाँच बर्ष बिताई दोश्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष थापामगरले बिगतमा पनि स्थानीय जनताको पीरमर्कालाई बुझेर सेवा गरिसक्नु भएकाले अहिले पनि जनताले पुन: निर्वाचित गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com