युरोपेली संघको कपरनिकस एटमोस्फेरिक मनिटरिङ सर्भिस (सीएएमएस) का अनुसार पछिल्लो एक महिनामा उत्तराखण्डको जंगलमा लागेको डढेलोका कारण ०.२ मेगा टन कार्बन उत्सर्जन भएको छ ।
यो सन् २००३ पछिको सबैभन्दा धेरै हो ।वैज्ञानिकका अनुसार नेपाल र उत्तर भारतका केही इलाकामा लागेको डढेलो पछिल्लो १५ वर्षको सबैभन्दा भीषण हो ।एजेन्सीले सेटलाइटबाट खिचिएको तस्बिर विश्लेषण गरेर यतिबेला नेपालमा १८ मेगा टन कार्बन उत्सर्जन भएको जानकारी दिएको छ ।
यो सन् २०१६ पछिको सबैभन्दा धेरै हो । त्यस वर्ष २७ मेगा टन कार्बन उत्सर्जन भएको थियो ।सीएएमएसका शीर्ष वैज्ञानिक मार्क पेरिङ्टन भन्छन्, ‘यसले यो बताउँछ कि यो क्षेत्रमा आगो कस्तो तीब्रतामा फैलिरहेको छ । यो चिन्ताको कुरा हो ।’नेपाल र उत्तरखण्डको डढेलाका कारण हालसम्म २० जनाको मृत्यु भएको सूचना छ ।
लाखौं हेक्टर जङ्गल जलेर खरानी भइसकेको बताइन्छ । यद्यपि, आधिकारिक आँकडा जारी भएको छैन ।नेपालमा अघिल्लो महिना एकैपटक पाँच सयभन्दा बढी जङ्गलमा आगलागी भएको थियो । पछिल्ला केही दिनदेखि नेपालको हावाको स्तर खतरनाक भएको छ ।नेपालका थुप्रै राष्ट्रिय पछिल्ला केही महिनादेखि नेपाल र उत्तर भारतका थुप्रै इलाकामा वर्षा भएको छैन । जसका कारण जङ्गल सुख्खा भएका छन् ।
उद्यान र जंगल भारतका उद्यान र जङ्गलसँग जोडिन्छ जसको अर्थ यो हो कि नेपालबाट भारत र भारतबाट नेपालमा आगो फैलन सक्छ ।पछिल्ला केही महिनादेखि नेपाल र उत्तर भारतका थुप्रै इलाकामा वर्षा भएको छैन ।
जसका कारण जङ्गल सुख्खा भएका छन् ।चिन्ताको कुरा यो हो कि साधारणतया भीषण डढेलो मे महिनामा लाग्छ ।
अझै यो समय आउन बाँकी नै छ । यस्तोमा जङ्गलको डढेलोले थप भयावह रुप लिने हो कि भन्ने चिन्ता छ ।

