सबैलाई पठाउनु होला

काठमाडौं –   काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएका छन्  ।

केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेन्द्र  साह (बालेन)को जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार स्थापितले ३६ हजार ८५० मत पाएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका स्थापीतलाई उछिनेर सिर्जना दोस्रो स्थानमा आएकी छन्  ।

तर उनी फेरि तेस्रो स्थानमा पुगेकी छन् । उनले ३६ हजार ६०४ मत पाएकी छन् । राप्रपाका उम्मेदवार मदनकृष्ण श्रेष्ठले भने ५ हजार ८४५ मत पाएका छन् ।

उपमेयरमा जित पक्का गरिसकेकी सुनिता डंगोलले ६५ हजार ५३८ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २२ हजार १६४ मत पाउँदा राप्रपाकी बिनिता मगैयाँले १२ हजार २७३ मत पाएइन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com