सबैलाई पठाउनु होला

धरान –   महिला हिंसाविरुद्ध धरानमा विशाल प्रदर्शन गरिएको छ। शुक्रबार धरानका सबै कलेजमा अध्ययनरत विद्यार्थीहरुले र्‍याली निकालेर प्रदर्शन गरेका छन्  ।

धरानको महेन्द्र क्याम्पस, पब्लिक माबी, धरान सिटि कलेज, धरान मेघा कलेज, धरान मोडल कलेज, शारदा बालिका माबी, धरान उच्छ माबिमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेर धरानमा प्रदर्शन गरेका छन् ।

विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले बलत्कारीलाई फासी दे, महिला पुरुष समान हुन्, महिलाहरूको सुरक्षाको ग्यारेन्टी गर् भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन ।

पब्लिक उच्च माबिकी छात्रा भुमिका राइले गाउँ, घर, समाज, कार्यालय, विद्यालयमा महिला सुरक्षित हुने वातावरण मिलाउन पनि सरकारसंग माग गरेकी छन्। उनले देशभर विद्यालयका छात्रा र महिलाहरू बलात्कारको सिकार हुँदासमेत महिला अधिकारकर्मीहरुको भुमिका राम्रो नभएको आरोप लगाएकी छन् ।

महिला सञ्जाल धरानकी अध्यक्ष तेतना श्रेङ्ले महिलाहरुको सुरक्षा सरकारले गर्नु पर्ने र बलात्कारीलाई कडा कार्बाहीको व्यवस्था गर्न माग गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com