सबैलाई पठाउनु होला

काठमाडौं  –    नेकपा एमालेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको भनाईप्रति आपत्ति जनाएको छ। शुक्रबार दिउँसो संसद् बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री वडुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू सरकारमा हुँदा कमिसन खाएको आरोप लगाएपछि एमालेका सांसद् उठेर विरोध गरे ।

प्रमुख प्रतिपक्ष दलका नेता बिहीबार केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई मन्त्री बडुले स्तरहीन भनेका थिए। त्यस लगत्तै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे ।

मन्त्री बडुले माफी माग्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना भएको हो। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति जनाउँदै संसद‍को रेकर्डबाट हटाउन आग्रह गरे । उनले मन्त्री पदमा बसेर असंवैधानिक तर्क गर्न नहुने बताएका छन् ।

भट्टराईले गलत गरेको भए छानविन गरेपछि कारबाही भोग्न तयार रहेको बताउँदै मन्त्री जस्तो व्यक्तिले रोस्टममा उभिएर निराधार आरोप नलगाउन आग्रह गरेका छन् ।

एमालेको आपत्तिपछि सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षको माग बमोजिम गलत विषय रहे रेकर्ड हेरेर आवश्यक निर्देशन दिने बताएका छन् । एमालेका सांसदले कुर्सीबाट उठेर निरन्तर विरोध जनाएपछि सभामुखले १५ मिनेट संसद् बैठक स्थगित गरेका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com