सबैलाई पठाउनु होला

वासिङटन डिसी –     जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले शनिबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गरेका हुन ।

रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा यूरोपेली संघका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई युक्रेनबाट’ हटाउन दवाव दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले शनिबार जनाएको हो  ।

‘म्याक्रोँ र सोल्जले पुटिनलाई यूक्रेनी राष्ट्रपतिसँग गम्भीर तथा प्रत्यक्ष वार्ता गर्न र यस द्वन्द्वको कूटनीतिक समाधान खोज्न आग्रह गर्नुभएको छ’, चान्सलरको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार तीन नेताहरूबीच टेलिफोनमार्फत् कुराकानी भएपछि  फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरले अजोभ्स्टलमा युक्रेनी सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि रूसको नियन्त्रणमा रहेका करिब दुई हजार ५०० यूक्रेनी रक्षकहरूलाई मुक्त गर्न पनि आग्रह गरिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com