सबैलाई पठाउनु होला

काठमाडौं –    ‘मिदी भाइ’को रुपमा चर्चित किशोर नवराज रेग्मीले टेलिभिजन सिरियल ‘हल्का रमाइलो’मार्फत अभिनय करिअर थालेका छन् ।

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्देशित सिरियलको आइतबार बेलुका प्रसारण भएको भागमा उनी देखिएका थिए । सिरियलमा उनी म्यादी प्रहरीकै पोशाकमा प्रस्तुत भएका छन्  ।

आफूलाई अभिनय गर्न मन लागेको भन्दै नवराजले युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिंदै आएका थिए । सिरियलमा खेलाउन धेरैपटक आग्रह गरेपछि अभिनयको मौका दिइएको निर्देशक श्रेष्ठले जानकारी दिएका छन्  ।

निर्देशक श्रेष्ठका अनुसार अझै केही भागमा नवराजलाई देख्न पाइने छ । हालैको स्थानीय तह चुनावको छेकोमा उनले आफ्ना दाजु पर्ने युवकको म्यादी पोशाक लगाएर खिचेको भिडियो टिकटकमा हालेपछि उनी भाइरल बनेका हुन  ।

‘सागर बसन्त किस्ने’भन्दै लागूपदार्थ प्रयोगबारेको अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । एक सातामा रिहा भएपछि नवराज ‘कबड्डी ४’ फिल्मको प्रचारमा लागेका थिए ।

कपिलवस्तुको वाणगंगा नगरपालिका-४ का १६ वर्षीय नवराज अहिले अभिनय करिअर अगाडि बढाउन भन्दै काठमाडौंमा आएका  छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com