सबैलाई पठाउनु होला

काठमाडौं –     कबड्डी ४ की नायिका मिरुना मगरको यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन्।

अभद्र व्यवहारमा पक्राउ परेका बौद्ध भिक्षु २९ बर्षीय फुर्वा लामा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

नायिकाविरुद्ध प्रदर्शन

देशभरका हलहरुमा प्रदर्शन भैरहेको फिल्म कबड्डी ४ की नायिका मिरुना मगर  विरुद्ध मंगलवार चावहिलको केएल टावर अगाडि प्रदर्शन भएको छ।

प्रदर्शनरत युवाले केएल टावरमा रहेका एफक्युव हलमा उक्त फिल्मको मगलबारको सवै शोसमेत बन्द गराएका छन्। नेपाल प्रहरीका प्रबक्ता विष्णुकुमार केसीकाअनुसार बौद्ध धर्मावलम्वी तथा युवाहरुको समूहले मंगलबार चावहिलमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले कवड्डी ४ फिल्मविरुद्ध नै नाराबाजी गरेका थिए। चलचित्रमा लामाहरुको विषयमा देखाइएको दृश्यसमेत हटाउन माग गरिएको छ।

आइतबार दर्शकसहित फिल्म हेर्ने सिभिल मल पुगेका कलाकारको टोलीमा थिइन मिरुना मगर। चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्र टोली आइतबार सिभिल मल पुगेको थियो। यसैक्रममा मलको कफी शपमा एक बौद्ध भिक्षुले व्याड टच गरेको नायिका मिरुना मगरले आरोप लगाएकी थिइन्।

मुगु घर भएका २९ बर्षिय फुर्वा लामाले आफुलाई व्याड टच गरेको भन्दै नायीकाले थप्पड हानेकी थिइन्। र लामालाई माफी मगाएकी थिइन्। नायिकाले बौद्ध भिक्षुलाई थप्पड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

विनाकारण आरोप लगाएको भन्दै नायिकाविरुद्ध नाराबाजी भैरहेको छ। जनसेवा प्रहरी वृतमा नायिकाले अभ्रद व्यवहारमा जाहेरी दिएको वृतका डीएसपी शालिकराम शर्माले जानकारी दिएका छन् । शर्माकाअनुसार आरोपी लामालाई आइतबार नै प्रक्राउ गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com