सबैलाई पठाउनु होला

बाजुरा –    बाजुराको सबैभन्दा ठुलो धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिनिएको बडिमालिका मन्दिरमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आइपुगेकी छन्।

गंगादसहराको दिन अर्थात बुधबार बडिमालिकामा भब्य पूजा आजा हुने भएकोले बडिमालिका माताको दर्शन  गर्न राष्ट्रपति भण्डारी आइपुगेकी हुन  ।

राष्ट्रपति भण्डारी धार्मिक भ्रमणको सिलसिलामा बाजुराको बडिमालिका मन्दिरमा पूजा गर्न हेलिकप्टरमार्फत पुगेको प्रहरीले जानकरि दिएको  छ। बुधबार ७ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा पुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताए  ।

प्रमुख अधिकारीका अुनशार उनी नेपाली सेनाको बाजुरा स्थित दुर्गा भञ्जन गुल्म प्रस्थान भएर बडिमालिका पूजाका लागि प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारीले बताए । पर्यटकीस्थल बडीमालिका अवलोकन र दशर्न गरेर फर्किने उनले बताएका छन्।

बडिमालिका दर्शनपछि खप्तडमा पनि जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारीले बताएका हुन ।  बडिमालिका मन्दिरमा वर्षको दुई पटक पूजामेला लाग्ने गरेको छ। बडिमालिकामा गंगादसरहराको दिन र जनैपूर्णीमाको दिन पूजा गर्ने र मेला लाग्ने गरेको छ।

जसअनुसार राष्ट्रपति भण्डारी पनि पूजाका लागि बाजुरा आएकी छन् । बाजुराको बडिमालिकामा पूजापछि फर्किने कार्यक्रम रहेको सुरक्षा अधिकारीले बताए ।

गंगादसहराको दिन लाग्ने बाजुराको बडिमालिकामा राष्ट्र प्रमुखहरुविधिवत रुपमा पूजा भर्न आउने गरेको इतिहास रहेको छ। यसघिका वर्षहरुमा हरेक वर्ष लाग्ने मेलामा देशका राष्ट्र प्रमुख र उच्च पदस्त व्यक्तित्वहरुबाट पूजामा  सरिक हुने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com