काठमाडौं – सिम्रिक भेन्चरले सिम्प्ली अटोमेटिक ब्रान्ड(आईओटी)का उत्पादनहरू नेपाली बजारमा ल्याएको छ। काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण कर्पोरेट टावरको भुइँ तल्लामा सिम्प्ली अटोमेटिक ब्राण्डको एक्सपेरिन्स सेन्टर खुलेको छ। सिम्रिक भेन्चरका निर्देशक सचन थापाले एक समारोहकाबीच सेन्टरको उद्घाटन गरेका हुन ।
अटोमेसन क्षेत्रमा काम गर्ने चाइनाको प्रतिष्ठित ब्रान्ड ‘लाइफ स्मार्ट’का होम अटोमेसनका उत्पादनहरू सिम्रिक भेन्चर अन्तर्गतको सिम्रिक आईटी प्रालिले नेपाली उपभोक्तामाझ ती उत्पादनहरू लिएर आएको छ । सिम्रिक आईटी प्रालिका सीईओ प्रज्ज्वल न्यौपानेका अनुसार घरको मेन ढोका खोल्ने अटोमेटिक गेटदेखि लिएर बिजुलीबत्ती अफ–अन गर्ने स्वीचहरूका साथै सम्पूर्ण घरायसी विद्युतीय उपकरणहरू मोबाइलबाट अन–अफ गर्न र कन्ट्रोल गर्न मिल्छ।
बोलेर पनि ती विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिने सुविधा रहेको छ। लाइफ स्मार्ट होम अटोमेसनका उपकरणहरूको माग नेपालमा अत्याधिक रहेको छ। यस प्रकारका स्मार्ट उपकरणहरूको माग नेपाली बजारमा बढिरहेको न्यौपानेले बताएका छन् । चाँडै नै नेपालभरका बजारमा उक्त उपकरणहरू उपलब्ध हुने पनि उनको भनाइ रहेको छ।
‘आईओटीका उत्पादनबारे अन्नपूर्ण कर्पोरेट टावरको भुइँ तल्लामा रहेको एक्सपेरियन्स सेन्टरमा गएर जानकारी लिन र खरिद गर्न सकिन्छ’, सीईओ न्यौपानेले भने, ‘प्राविधिक पठाएर उपभोक्ताको घरमै गएर उपकरणहरू जडान गर्ने पनि प्रबन्ध मिलाएका छौं। लाइफ स्मार्ट होम अटोमेसनका उत्पादनहरू गुणस्तरीय रहेका छन्। यसका उत्पादनहरू खरिद गरेको एक वर्षसम्म मर्मत तथा बिग्रिएमा निःशुल्क नयाँ जडान गर्ने व्यवस्था छ।’
होटल, अफिस, उद्योग तथा कलकारखाना, कृषि क्षेत्रलगायतमा छिटोछरितो कार्यसम्पादन गर्न विद्युतीय उपकरणको माग बढ्दो अबस्थामा रहेको छ। देशका ठूला सहरका हाउजिङमा लाइफ स्मार्ट होम अटोमेसनका उत्पादनहरू जडान भइरहेको छ। भैंसेपाटीस्थित सीजी भिल्लामा होम अटोमेसनका अत्याधुनिक उपकरणहरू जडान भइसकेको पनि न्यौपानेले बताएका छन् ।

