सबैलाई पठाउनु होला

काठमाडौं –    विश्व वातावरण दिवसको अवसरमा तिनकुनेस्थित सामुदायीक विकाश समिति र  सिम्रिक एयरको सहकार्यमा  मदन भण्डारी स्मृतिपार्क र वागमती कोरिडोरको सरसफाइ गरिएको छ ।

कुमारी बैंक, एभरेष्ट बैंक र स्थानीयवासीको समेत सहभागीतामा आइतबार बिहान  पार्क र वागमती कोरिडोरको सरसफाइ गरेको हो ।

सरसफाइ कार्यक्रममा संलग्न भएका व्यक्तिहरुले वातावरण एवं पर्यावरणको महत्व, जनमानसको कर्तव्य र सरकारको दायित्वमाथि मन्तव्य राखेका थिए ।

सिम्रिक एयरले पर्यावरण संरक्षणसम्बन्धी आफ्नो विशेष दायित्व रहेको जानकारी दिएको  छ । सिम्रिक एयरले मदन भण्डारी पार्क र वागमती कोरिडोरको सफाइ अभियानमा निरन्तरता दिँदै आएको छ ।

पर्यावरण जोगाउनका लागि विभिन्न स्थानमा लागेको डडेलो नियन्त्रण गर्दै आएको जनाएको हो । सिम्रिक एयरले बालजुस्थित शिवपुरी जंगल, सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जंगलमा लागेको डडेलो हेलिकोप्टरको माध्यमबाट नियन्त्रणमा लिएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com