काठमाडौं – शौर्य सिमेन्टले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। उद्योग परिसरभित्र उद्योगका कर्मचारीको र शौर्य सिमेन्टका विक्रेताहरूको सहभागीतामा शौर्य सिमेन्टले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो
शौर्य सिमेन्टले जेठ १३ गतेका दिन वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । आँप, लिची, अम्बा , कागती, नरिवलजस्ता विभिन्न प्रजातिका वृक्ष रोपिएको थियो।
उक्त वृक्षारोपणमा प्रत्येक विक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाई बिरुवासँगै राखिएको हो ।
शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले वातावरण स्वच्छ राख्न र समाजप्रतिको दायित्व निभाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिएको छ । उनले आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्ने बताएको छ ।
शौर्य सिमेन्टका विक्रेता आरोग्य सप्लायर्सका राजन ढुङ्गेलले सर्य सिमेन्टले राम्रो कामको थालनी गरेको बताएको छ ।

