सबैलाई पठाउनु होला

वासिङटन डिसी –    विश्व खाद्य संकट निम्त्याएको आरोप लागेपछि विश्व खाद्य संकट निम्त्याएको आरोप लागेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट रुसका राजदूत बाहिरिएका छन्। युरोपेली परिषद्का अध्यक्षले युक्रेनमा रुसको आक्रमण विश्वव्यापी खाद्य संकटको कारण भएको बताएका हुन ।

चार्ल्स माइकलले रुसले खाद्यान्न आपूर्तिलाई विकासोन्मुख देशहरू विरुद्ध ‘स्टेल्थ मिसाइल’ अर्थात् लुकेको हतियारको रूपमा प्रयोग गरिरहेको बताएका थिए । यसले मानिसलाई गरिबीमा बाँच्न बाध्य बनाएको उनको भनाइ रहेको छ। उनको आरोपपछि रुसी राजदूत भासिली नेबेन्जियाले चार्ल्स माइकललाई झुट फैलाएको आरोप लगाएका हुन ।

युद्धका कारण युक्रेनी बन्दरगाहहरूमा ठूलो परिमाणमा खाद्यान्नहरू अड्किएका छन्। युक्रेन खाना पकाउने तेलका साथै दाल र गहुँको ठूलो निर्यातक हो। रूसले पनि ठूलो मात्रामा अन्न र मल निर्यात गर्दछ। युद्धले निर्यातमा बाधा पुर्याएको छ र यसको कारण मूल्यले आकाश छोएको छ।

न्युयोर्कमा सुरक्षा परिषद्को बैठकमा चार्ल्स माइकलले भने, ‘रुसका राजदूत, इमानदार हुनुहोस्। क्रेमलिनले विकासोन्मुख देशहरू विरुद्ध स्टेल्थ मिसाइलको रूपमा खाद्य आपूर्ति प्रयोग गरिरहेको छ।’

‘रूसको युद्धको नाटकीय परिणामले अब सम्पूर्ण विश्वमा यसको प्रभाव देखाउँदैछ, खाद्यान्नको मूल्य बढाएको छ, मानिसहरूलाई गरिब बनाइ सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाएको छ। यो खाद्य संकटको लागि रूस एक्लै जिम्मेवार छ।’

माइकलको यो भनाइमा रुसका राजदूत रिसाएर बाहिर निस्कन थालेका थिए । यसैबीच माइकलले उनलाई सिधै सम्बोधन गर्दै भने,’तपाईं कोठाबाट बाहिर निस्कन सक्नुहुन्छ किनभने सायद सत्य नसुन्न सजिलो हुन्छ।’

यसपछि रुसी राजदूत नेबेन्जियाले चार्ल्स माइकलको झुटका कारण आफू कोठामा बस्न नसकेको बताएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com