सबैलाई पठाउनु होला

काठमाडौं –   सोमबार बिहान दक्षिणकालीको फर्पिङको जंगलमा मृत फेला परेका किशोर-किशोरीको पहिचान खुलेको छ ।

उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी बसन्त कुवरका अनुसार मृत अवस्थामा भेटिएकी किशोरी राप्ती गाउँपालिका २ दाङकी २० वर्षीया विमला कुमाल र  किशोर इन्द्रसरोवर गाउँपालिका ३ मकवानपुरका २० वर्षीय मनिष ठकुरी  हुन्।

काठमाडौंको दक्षिणकाली नगरपालिकाको फर्पिङको जंगलमा उनीहरुको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

शव नजिकै विषको बट्टा र कोल्ड ड्रिंक्स पनि भेटिएको थियो । प्रहरीका अनुसार मृतकका आफन्त सम्पर्ककमा आएका छैनन् । मृत्युको कारण पनि खुलिसकेको छैन ।

पोष्टमार्टमका लागि शव  शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनास्थलमा युवतीको साथबाट मोबाइल भेटिएको थियो । सिम नजिकै फालिएको अवस्थामा थियो । मोबाइलको माध्यमबाट मृतकको पहिचान गरेको प्रहरीले  जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com