सबैलाई पठाउनु होला

मकवानपुर –   मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीय अमिना तामाङ (बाबु छोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनकाअनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी नै सख्त घाइते भएको र  उपचारको क्रममा हेटौँडा अस्पतालमा दुबैको मृत्यु भएको हो। बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com