सबैलाई पठाउनु होला

सोलुखुम्बु –     विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन रहेका छन्।

गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हो ।

प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहका अनुसार जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यस यता सम्पर्कमा आउन सकेका छैनन्।

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतिय दुतवासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाए ।

गाईड विना खुम्बु घुम्न आएका उनीहरुको खोजीका लागि सकृय भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जानकारी दिएको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com