सबैलाई पठाउनु होला

काठमाडौं –   ई.आकर्षण पोखरेलले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने  घोषणा गरे  ।

आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताएका छन्  ।

आफूले योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनको विश्वास रहेको छ ।

‘मैले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण गरेको छु,’ उनले भने, ‘मैले मात्र होइन जुनसुकै उम्मेदवारले पनि योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक, यी पाँच चिजको प्रयोग गर्ने हो भने आज जति पनि समस्या तपाईंहामीले भोगिरहेका छौं, यी समस्या भोग्न पर्दैन ।’

कार्यक्रममा नायक आर्यन सिग्देलले पनि पोखरेललाई जितको शुभकामना दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com