सबैलाई पठाउनु होला

बाँके –   खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ ।

नेपालमा मलको अभाव भएपछि मल ल्याउन किसानलाई सुरक्षाकर्मीले बाधा पुर्याएपछी  आफ्नो खेतबारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्युन सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभएका छन् ।

उहाँका अनुसार, व्यापारिक प्रयोजनका लागि हो या आफ्नो खेतबारीमा प्रयोग गर्नका लागि हो भन्ने एकिन गरी मल ल्याउन सहज वातावरण बनाउनु भन्ने निर्देशन दिइएको हो  ।

रासायनिक मल नहुँदा किसानले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केही खुकुलो गरिएको उहाँको भनाइ रहेको छ । भारतबाट मल ल्याउन प्रतिबन्ध रहेपनि व्यवहारिकता हेरेर यस्तो निर्णय गर्न परेको उहाँले बताउनुभएको छ  ।

बाँकेका किसानले नेपालगञ्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँ लगायतका नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् ।

यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले गुनासो गर्नुभएको थियो  । भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्ती सोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com